News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशमा नयाँ सत्तासमीकरणका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच मन्त्रालय भागबन्डामा ५-४ को सहमति भएको छ।
- नेकपाले आर्थिक मामिला मन्त्रालयसहित चारवटा मन्त्रालय पाउने निश्चित भएको छ र सोमबारसम्म सरकार विस्तार गर्ने तयारी गरिएको छ।
- मन्त्रालयको आन्तरिक भागबन्डामा नेकपाभित्रका पूर्व माओवादी केन्द्रले तीन र पूर्व एकीकृत समाजवादीले एक मन्त्रालय लिने सहमति गरेका छन्।
२९ साउन, विराटनगर । नयाँ सत्तासमीकरणको सहमतिपछि कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् ।
केन्द्रीय नेतृत्वको हस्तक्षेपछि ९ वटा मन्त्रालय रहेको कोशीमा ५–४ को सहमति गरेका हुन् ।
कोशी प्रदेशमा नेकपाले ४ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीमा दाबी गरेको थियो । तर, नेकपा एमाले भने ३ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीको जिम्मेवारी दिन तयार थियो ।
प्रदेश तहमा नेताहरूबीच छलफल हुँदा सहमति नभएपछि केन्द्रीय तहबाटै सहमति भएको हो । नेकपा एमाले स्रोतका अनुसार, कोशीमा मन्त्रालय भागबन्डा मिलाउन नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई फोन गरेका थिए ।
‘साथीहरूले साह्रै चित्त दुखाए भनेपछि उहाँ (केपी शर्मा ओली)ले मिलाउला भन्नु भएछ,’ एमाले स्रोतले भन्यो, ‘त्यसपछि ४ वटा दिएर मिलाउनु भनेर मुख्यमन्त्रीलाई भन्नु भएको छ ।’
मन्त्रालयको संख्या टुङ्गो लागेपनि कुनकुन मन्त्रालय लिने भन्ने टुङगिन बाँकी छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि सबै विषय टुङ्गो लाग्ने बताए ।
नेकपाले नेपाली कांग्रेस सरकारबाट बाहिरिँदा छाडेको मन्त्रालय बाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय माग गरिरहेको छ । कांग्रेसले भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय पाएको थियो । नेकपाले आर्थिक मामिलासहित चार वटा मन्त्रालय खोजिरहेको हो ।
आइतबारसम्म भागवण्डा टुङ्गो लगाएर सोमबार नयाँ मन्त्रीको शपथ गराउने तयारी दुई दलको छ । नेकपा दलका नेता आङ्बोले सोमबारसम्म सरकार विस्तार गर्ने तयारी भएको बताए ।
प्रदेशमा चार वटा मन्त्रालय पाउने भएपछि नेकपाले पनि आन्तरिक भागबन्डा गरेको छ । नेकपाभित्र रहेको माओवादी केन्द्र पक्षले ३ र पूर्वनेकपा एकीकृत समाजवादीले १ मन्त्रालय लिने सहमति गरेका हुन् ।
कोशी प्रदेशसभामा हाल नेपाली कम्युनिस्ट पार्टीका कुल १७ जना सांसद छन्, जसमा पूर्व माओवादी केन्द्रका १३ र पूर्व एकीकृत समाजवादीका ४ जना रहेका छन् । मन्त्रीको नामावली टुङ्गो लगाउन नेकपाले शनिवार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिक्रिया 4