Comments Add Comment

एकसाताभित्र अक्सफोर्डको खोपलाई प्रयोगको अनुमति दिने भारतको तयारी

८ पुस, काठमाडौं । भारतले अर्को सातासम्म अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिने तयारी गरेको छ । स्थानीय खोप निर्माताले दिएको आवेदनको आधारमा भारतले उक्त खोपलाई अनुमति दिने तयारी गरेको विषयसँग जानकार स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।

भारतले अक्सफोर्डको खोपलाई अनुमति दिए यो खोपलाई अनुमति दिने भारत पहिलो मुलुक बन्नेछ । अहिलेसम्म कुनै पनि मुलुकमा अक्सफोर्ड र एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना खोपले अनुमति पाएको छैन । अहिले बेलायती नियामकहरुले पनि अक्सफोर्डको खोपको अन्तिम चरणको क्लिनिकल परीक्षणको नतिजाको अध्ययन गरिरहेको छ । भारतको लागि पनि कोरोना महामारी नियन्त्रणका लागि यो खोप निकै महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका छन् ।

अक्सफोर्डको कोरोना खोप कम आय भएका मुलुकहरुमा महामारी नियन्त्रणका लागि निकै महत्वपूर्ण मानिएको छ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युटले आगामी जुलाई महिनासम्म ४० करोड डोज कोरोना खोप उपलब्ध गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment