+
+
Shares

गोदावरीमा प्रचण्ड-माधव समूहले लगाएको ताला केपी समूहले फोड्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १७:३५

८ पुस, कैलाली । नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न थालेको छ ।

कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड-नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् ।

गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्ड नेपाल समूहले गरेको तालाबन्दीको १ घण्टा पूरा नहुँदै ओली समूहले ताला तोडेर कार्यालय आफ्नो नियन्त्रणमा लिएको युवासंघ गोदावरीका सहसंयोजक दुर्गाप्रसाद अधिकारीले बताए ।

‘हामीले अहिले पार्टी कार्यालयमा लगाएको ताला फोडेर कार्यालय नियन्त्रणमा लिएका हौँ,’ उनले भने । गोदावरी ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टको गृह क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?