Comments Add Comment

लागुऔषधसहित दुई जना पक्राउ

९ पुस, काठमाडौं । झापा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब साढे ५ बजे भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दीपक राई र पछाडि सवार सोही ठाउँका ३५ वर्षीय शेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नाइट्रोजन, फेनारगन, डाइजेपाम लगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको र बिहीबार झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसान्धनको प्रकृया अगाडि बढाइने प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment