Comments Add Comment

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी

९ पुस, जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ । स्थानीय शिव चोकस्थित स्टोरको दोस्रो तल्लामा विद्युत सर्ट भएर एक्कासी आगलागी भएको थियो ।

धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले स्टोरभित्रको किराना, इलेक्ट्रोनिक्स, रेडिमेडका कपडासहितका सामान जल्दा अढाई करोड बराबरको क्षति भएको जानकारी दिए ।

आगोलाई नियन्त्रणमा लिनका लागि धनाुषाको क्षिरेश्वरनाथ, धनुषधाम, महोत्तरीको बर्दिवास, जलेश्वर नगरपालिकासहितका ठाउँबाट ६ वटा दमकल मगाइएको थियो ।

यसबाहेक स्थानीय, जिल्ला प्रहरी कार्यालय धनुषाबाट १ सय ३५ जना प्रहरी, ८ नम्बर गणबाट ३५ जना सशस्त्र प्रहरी, नेपाली सेनाको जनकपुर गुल्मबाट २५ जना सेना समेत आगो निभाउन खटिएको थियो ।

बिहान ११ बजे भएको आगलागी २ घण्टाको प्रयासपछि दिउँसो १ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment