Comments Add Comment

ट्रम्पले दिए पूर्व सल्लाहकार र सम्धीलाई आममाफी

Roger Stone, Paul Manafort, Charles Kushner

९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व सल्लाहकार रोजर स्टोन, पूर्व निर्वाचन अभियानका प्रमुख पाउल मानाफोर्ट, सम्धी चार्ल्स कुशनरसहितका विभिन्न आरोप लगेका मानिसहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सन् २०१८ मा मानाफोर्ट सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसको सहयोग लिएको मामिलामा दोषी पाइएका थिए । ट्रम्पका पूर्व सल्लाहकार स्टोनलाई पनि अमेरिकी संसद्मा झुट बोलेको आरोपमा जेल सजाय सुनाइएको थियो ।

ट्रम्पको पछिल्लो निर्णयबाट २९ जनालाई फाइदा पुगेको छ । जसमध्ये २६ जनाले बुधबार रातिबाट पूर्णरुपमा माफी पाएका छन् भने बाँकी तीन जानाले कम्युटेसन्स पाएका छन् । कम्युटेसन्स पाएकाहरुको सजाय छोटिन्छ तर उनीहरुमाथि लागेको आरोपमा माफी भने हुँदैन । अमेरिकामा राष्ट्रपति पदबाट बाहिरिने बेलामा राष्ट्रपतिहरुले विभिन्न मानिसहरुलाई आममाफी दिने गरेका छन् ।

ट्रम्पका सम्धी चार्ल्स कुशनरले पनि आममाफी पाएका छन् । उनी इभान्का ट्रम्पका श्रीमान् जेयर्ड कुशनरका पिता हुन् । उनलाई सन् २००४ मा करछली गरेको प्रमाण नष्ट गरेकोलगायतका आरोपमा दुई वर्ष जेल सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment