Comments Add Comment

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअगाडि स्थायी कमिटी बैठक सुरु भएको हो ।

यसअघि पेरिसडाडाँमा शीर्ष चार नेता (पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ) को बैठक बसेको थियो ।

आजको बैठकले महासचिव चयन गर्ने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेकपा महासचिव विष्णुप्रसाद पौडेल केपी ओली समूहमा रहेपछि यो समूहमा महासचिव पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment