Comments Add Comment

ओली समूहको बैठकमा गए बादल

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् ।

कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागेका छन् ।

यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा दुई बजे बस्दैछ ।

(*यसअघि बादलसँगै हरिबोल गजुरेल पनि ओली समूहको बैठकमा गएको भन्ने उल्लेख भएकोमा सच्याइएको छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment