Comments Add Comment

एनसीएचएल साफा अवार्ड २०१९ बाट सम्मानित

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) लाई , साउथ एशियन फेडेरेसन अफ अकाउण्टेण्ट्स अवार्डस् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा सम्मानित गरिएको छ ।

एनसीएचएलले आ.व २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मूल्यांकनकोे आधारमा सो पुरष्कार प्रदान गरिएको हो । उक्त पुरस्कार साफाद्वारा हस्तान्तरण गरिएको थियो जुन श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा हस्ताक्षर गरिएको थियो ।

यस वर्ष इन्सटिच्युट अफ चार्टड अकाउण्टेण्टस् अफ नेपाल (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेण्टेड अवार्ड (बिपीए) २०१९ मा पहिलो स्थान पाएपश्चात एनसीएचएलको केस आईक्यानले साफामा पठाएको थियो । एनसीएचएल गत बर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटको साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको हो ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रर्वद्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शि, रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजरतर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रर्वद्धित कम्पनी एनसीएचएलको एनसीएचएल इसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस ईपेमेन्ट, कनेक्ट आरटिजिएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र कर्पोरेट पे प्रणाली सञ्चालनमा रहेका छन् । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमाबैंक तथा वित्तीय संस्थाहरूवाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/ पिएसओ,सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment