Comments Add Comment

अलिबाबाविरुद्ध चीनमा प्रतिस्पर्धा विरोधी मुद्दा

९ पुस, काठमाडौं । चीनमा ई–कमर्स कम्पनी अलिबाबाविरुद्ध प्रतिस्पर्धा विरोधी गतिविधि गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ । बिहीबार नियामकहरुले दिएको जानकारी अनुसार अलिबाबाको एन्ट कम्पनीका अधिकारीहरुलाई यस विषयमा सोधपुछका लागि बोलाइनेछ । चीनका चर्चित उद्यमी ज्याक माले स्थापना गरेको अलिबाबा चीनको सबैभन्दा लोकप्रिय ई–कमर्स कम्पनी हो ।

यो चीनले पछिल्लो समय इन्टरनेट क्षेत्रमा आफ्नो नियन्त्रण बढाइरहेको उदाहरण हो । यसअघि चीनले गत महिना एन्टको ३७ अर्ब डलरको साधारण शेयर निष्कासन रोक्ने निर्णय गरेको थियो । यो साधारण शेयर जारी भएको अवस्थामा यो विश्वको सबैभन्दा ठूलो बन्ने थियो । चीनले हङकङ र सांघाईको शेयर बजारमा सूचीकृत हुनुभन्दा दुई दिन पहिला मात्र चीनले एन्टको साधारण शेयर रोक्ने निर्णय गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेल्लीले आफ्नो सम्पादकीयमा एकाधिकार रोक्न नसकिए उद्योगको स्वच्छ विकास हुन नसक्ने उल्लेख गरेको छ । साथै यस किसिमको विकास दीर्घकालीन नहुने सम्पादकीयमा उल्लेख छ । अलिबाबामाथिको अनुसन्धान सुरु भएको समाचारसँगै बिहीबार अलिबाबाको शेयरमा पनि ठूलो गिरावट देखिएको छ ।

एकाधिकारविरोधी नियम पालना गराउने सम्बन्धमा एन्ट कम्पनीसँग नियामकहरुको बैठक हुने पिपुल्स डेलीले बताएको छ । एन्ट कम्पनीले नियामकहरुबाट नोटिक आएको र कम्पनीले आवश्यक सबै प्रक्रिया पूरा गर्ने बताएको छ ।

विश्लेषकहरुले भने ठूलो निजी प्रविधि कम्पनीलाई रोक्ने यो चिनियाँ सरकारको चाल भएको बताएका छन् । सरकारले राजनीतिबाट अभिप्रेरित भएर यो कदम चालेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment