Comments Add Comment

कर्णालीका कानुनमन्त्री भण्डारी र सांसद शाहले छाडे बादलको साथ

९ पुस, सुर्खेत । कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र प्रदेश सभा सांसद कृष्ण शाहले नेता रामबहादुर थापा ‘बादल’को साथ छाडेका छन् ।

सत्तारुढ दल नेकपामा देखिएको विभाजनमा गृहमन्त्री थापाले ओलीलाई रोज्दा उनी निकट मन्त्री भण्डारी र सांसद शाहले साथ छाडेका हुन् । पूर्वमाओवादीको तर्फबाट सांसद बनेका दुवै जनाले प्रचण्ड-नेपाल समूहमै रहने बताएका छन् ।

भण्डारी जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् भने शाह जाजरकोट निर्वाचन क्षेत्र १ बाट प्रतिनिधित्व गर्ने समानुपाति सांसद हुन् ।

हाल काठमाडौंमा रहेकी सांसद शाहले आफूहरुले बादलको साथ छोडेको प्रतिकृया दिइन । ‘हिजोसम्म संगै उठबस गर्ने सल्लाहकारले त साथ छोड्नुभयो । गलत कुरालाई साथ दिने नेतृत्वलाई साथ दिन सकिएन,’ सांसद शाहले भनिन्, ‘बादलले ओलीको असंवैधानिक कार्यलाई साथ दिएर ठूलो गल्ती गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment