Comments Add Comment

प्रधानमन्त्री कप २०७७ क्रिकेट डिसहोमबाटै लाइभ हेर्न पाइने

डिशहोमले प्रधानमन्त्री कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ(क्यान) द्धारा आयोजित सगरमाथा सिमेन्ट पीएम कप महिला(टी२०) २०७७ तथा पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको हो ।

यहि डिसेम्बर २६ देखि दाङ, लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला(टी२०) २०७७ मा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलिहरु सहभागी हुँदैछन् ।

यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment