
१० पुस, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरुलाई प्रमुख आयुक्त थपलियाले तोकिएको अवधिभन्दा अगाडि नै विवाद निरुपण प्रक्रिया शुरु हुने बताएका हुन् ।
थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतको नजीरहरुका आधारमा वैधानिकताबारे निर्णय हुने बताए । दल दर्ता हुँदाको विधान र केही संशोधन प्राप्त भएको संस्मरण गर्दै थपलियाले भने, ‘यो प्रक्रिया अगाडि बढाउँदा प्रचलित कानुनको आधारमा न्यायोजित निर्णय लिन्छौं ।’
वैधानिकता दावी गर्दै प्रचण्ड र माधव समूह नेकपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4