Comments Add Comment

संसद विघटनविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

१० पुस, काठमाडौं । संसद विघटनविरुद्ध विवेकशील नेपाली पार्टीले पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै विवेकशील पार्टीले विरोध प्रदर्शन गरेको हो ।

विवेकशील पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति संविधानको रक्षक कि भक्षक ? अधिनायकवादी चरित्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

आजै नेकपा प्रचण्ड–माधव नेपाल समूहले पनि संसद विघटनविरुद्ध माइतीघरमै प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment