+
+

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १३:०४

१० पुस, काठमाडौं । ललितपुरको लगनखेलबाट मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार रहेका छन् । उनीहरुको साथबाट चोरीको बा ८१ प ५२७५ नम्बरको मोटरसाइकल समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

अभिषेक ढकालले काठमाडौंको कपनबाट उक्त मोटरसाइकल हराएको सूचना बिहीबार महाशाखामा दिएका थिए । सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?