+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

ओली समूह छाडेर प्रचण्ड-माधवतिर लागे छक्कबहादुर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते १६:०८

११ पुस, काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले अनलाइनखबरलाई भनेका छन् ।

लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड-माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?