Comments Add Comment

 अग्रता जोगाउन नसक्दा युनाइटेडले लेस्टरसँग अंक बाँड्यो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले अंक बाँडेका छन् । अवे मैदानमा युनाइटेडले दुई पटक अग्रता जोगउन नसक्दा २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेल सकिन ५ मिनेट बाँकी छँदा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए ।

लेस्टरको मैदानमा भएको खेलको २३औं मिनेटमा मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाए । ३१औं मिनेटमा हार्भे बार्नसले जेम्स म्याडिसनको पासमा लेस्टरका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पनि युनाइटेडले पहिले अग्रता लिए । ७९औं मिनेटमा ब्रुनो फर्नान्डेजले एडिसन कभानीको पासमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । त्यो अग्रता पनि लामोसमय टिकेन र ८५औं मिनेटमा भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए । त्यसपछि खलेमा थप गोल नहुँदा दुवै टिमले अंक बाँडेका हुन् ।

बराबरीपछि युनाइटेडले दोस्रो स्थानमा पुग्दै लिभरपुलसँग अंकदूरी २ मा झार्ने अवसर गुमायो ।

युनाइटेडसँग अंक खोस्दै १५ खेलबाट २८ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमै यथावत छ । १४ खेल कम खेलेको लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा छ ।

१४ खेलबाट २७ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment