Comments Add Comment

गोरखाको ११३ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुग्दै

१२ पुस, गोरखा । चालु आर्थिक वर्ष जिल्लाको ११३ हेक्टर क्षेत्रफल खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ ।

विभिन्न स्थानीय तहमा पाँचवटा सिँचाइ योजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखाले जनाएको छ । ‘सबै योजनामा सोलारबाट पानी लिफ्ट हुन्छ,’ कार्यालय प्रमुख रमेशराज शर्माले भने, ‘पानीको मुहानमा इनार खन्छौ, त्यहाँबाट लिˆट गरेको पानी रिजर्भ ट्यांकमा जम्मा गरेर जमिनमा सिँचाइ सुविधा पुर्‍याउछौं ।’

पालुङटार नगरपालिका-६ र ७ को करिव ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने गरी खत्रीटार पौवाटार सिँचाइ योजना निर्माणको कामअघि बढेको उनले बताए ।
उनका अनुसार योजनाको कुल लागत तीन करोड २३ लाख रहेको छ । ‘गत वर्ष सम्झौता भएर काम सुरु भएको हो,’ उनले भने, ‘यो वर्ष योजना सम्पन्न हुन्छ ।’

योजनाका लागि मस्र्याङदी नदीबाट पानी लिफ्ट गरिने छ । खत्रीटार र पौवाटारमा १ लाख ६० हजार लिटरको दुई वटा रिजर्भ ट्यांक बन्ने छन् ।

शहीद लखन गाउँपालिका-३ को १६ हेक्टर क्षेत्रफल जमिन सिँचित गर्ने गरी करनटार सिँचाइ योजना निर्माणको काम सुरु भएको छ । योजनाको कुल लागत ७५ लाख ८४ हजार रहेको कार्यालयले जनाएको छ ।

गण्डकी गाउँपालिका-१ मा बुटार सिँचाइ योजना निर्माण भइरहेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी बिष्णुहरी अधिकारीले बताए ।

कुल ६७ लाख ५६ हजार लागतमा निर्माण भइरहेको उक्त योजनाले १९ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने उनले जानकारी दिए ।

त्यस्तै गण्डकी गाउँपालिका-७ मा घ्याल्चोकटार लिˆट सिँचाइ योजना निर्माण भइरहेको छ । ७२ लाख ७९ हजार लागतमा योजना निर्माणको काम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment