Comments Add Comment

संसद विघटनविरुद्ध सडकमा उत्रियो कांग्रेस

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले बताएका छन् ।

काठमाडौंमा पनि हरेक निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको छ । भक्तपुरको थिमीमा हुने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस कार्यकर्ताले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी प्रकाशमान श्रेष्ठको कार्यालय विजुलीबजारबाट निस्केको जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment