Comments Add Comment

दमकल कार्यालयमा आगो निभाउने पूर्वाभ्यास (फोटो फिचर)

१३ पुस, काठमाडौं । ललितपुरको जुद्ध वारुण यन्त्रको कार्यालयका झण्डै २२ जना कर्मचारीहरू आगलागी नियन्त्रणमा कसरी लिने भन्ने तालिम लिइरहेका थिए ।

कार्यालयमा रहेको एउटा पुरानो भवनमा आगलागी भएको सूचना मिल्यो । विभिन्न प्रज्वलनशील पदार्थसहित कपडा र केही मान्छेहरु समेत रहेको सो भवनमा लागेको आगो निभाउन तालिम लिइरहेको २२ जनाकै टोली खटियो ।

कसैले पानीको फोहोराले आगो निभाउन लागे भने कोही सुरक्षित तरिकाले त्यहाँभित्र रहेका मान्छेहरुलाई बचाउनतिर लागे । अन्तिममा आगलागीमा परेका ३ जना सामान्य घाइते भए । साढे ३ मिनेटमा नै आगो नियन्त्रणमा आयो ।

यस्तै अवस्थालाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने बारेमा चलिरहेको तालिमको सोमबार चौथो दिन थियो । जुद्ध वारुण यन्त्रको भवनभित्र भएको यो आगलागी कुनै भवितव्य नभएर पूर्वनिर्धारित कार्यक्रम अनुसार लगाइएको थियो ।

स्थिति यस्तो हुन सक्छ भनेर पहिले नै जानकारी दिइएको थियो तर आगलागी यही समयमा हुन्छ भन्ने त्यहाँका कर्मचारीलाई पनि जानकारी दिइएको थिएन । उनीहरु तालिममा रहेको बेलामा एक्कासी आगलागीको सूचना दिइएको थियो भने ५ मिनेटभित्रमा त्यो आगोलाई नियन्त्रणमा लिनको लागि समय तोकिएको थियो ।

यो प्रयोग भूकम्पका कारण क्षतिग्रस्त भएको र पुनर्निर्माणको लागि भत्काउन लागिएको भवनमा गरिएको प्रशिक्षक किशोर भट्टराईले जानकारी दिए । यसरी आगो लगाइएको घरमा पेट्रोल, डिजेल, विभिन्न कपडाहरुसँगै केही मान्छेलाई समेत राखिएको थियो ।

भट्टराईका अनुसार बाहिर आगलागी गराएर प्रशिक्षणको प्रयोगात्मक अभ्यास गर्दा क्षतिको जोखिम बढी रहेको र बढी झण्झट हुने भएकोले दमकलको कार्यालयभित्रै रहेको भवनमा यस्तो अभ्यास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment