Comments Add Comment

म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित

१४ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित भएको छ । बेलायती समय अनुसार राति ८ बजे एभरटनको मैदानमा हुने भनिएको खेल प्रिमियर लिगको बोर्ड मिटिङपछि स्थगित भएको हो ।

सिटीका खेलाडीमा कोभिड १९ संक्रमण देखिन थालेपछि त्यसको असर यस खेलमा परेको हो । सिटीले सोमबार बिहान आफ्ना खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि खेल सार्नका लागि प्रस्ताव गरेपछि यस निर्णय भएको प्रिमियर लिगले जनाएको छ । डिसेम्बर २५ मा सिटीका गाब्रिएल जेसस र केल वाल्करलाई कोरोना संक्रमण दिएको थियो ।

यसले अनिश्चितता कायम गर्‍यो र प्रिमियर लिग बोर्डले पनि खेल स्थगित गर्नका लागि स्वास्थ्य सल्लाह प्राप्त गरेको जनाएको छ ।

खेलाडी र स्टाफको स्वास्थ्यलाई ध्यानमा राख्दै खेल स्थगित गर्ने निर्णय लिएको प्रिमियर लिगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment