+
+
Shares

गणतन्त्रवादी सडकमा आएपछि राजावादीको आन्दोलन ओझेलमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते ९:५१

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपीले ओलीले अकस्मात संसद भंग गर्दा त्यसको विरोधमा राजनीतिक दलहरु सडक आन्दोलनमा आएपछि राजावादीहरुको आन्दोलन भने ओझेलमा परेको छ ।

यतिवेला नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह, प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका गणतन्त्रवादी दल सडक आन्दोलनमा रहेका छन् । संसद भंग गर्नु अगाडि राजावादीहरुले सडक तताएका थिए ।

यद्यपि आफ्नो आन्दोलन नरोकिएका राजावादी आन्दोलनमा सक्रिय विभिन्न संघ संस्थाहरुले बताएका छन् । विभिन्न जिल्लामा अहिले पनि प्रर्दशनहरु भइरहेका छन् ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले अनलाइखबरसँग भनिन्,’अहिले पनि देशभर विभिन्न प्रर्दशनहरु भइरहेका छन् अनि आगामी प्रर्दशनहरुबारे पनि तयारी भइरहेको छ ।’

उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वुद्धिमान तामाङको नेतृत्वमा आगामी १७ गते काठमाडौंमा राजावादीले वृहत प्रर्दशनको तयारी गरेका छन् ।

त्यसैगरी आगामी २७ गते राष्ट्रिय एकता दिवसलाई पनि भव्य बनाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?