Comments Add Comment

धानको उत्पादन बढ्यो, उत्पादकत्व हालसम्मकै उच्च

१३ पुस, काठमाडौं । धान रोपेपछि किसानले मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धान उत्पान भने उल्लेख्य बृद्धि भएको छ । गत वर्ष भन्दा ७० हजार ८३१  मेट्रिकटन बढी धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यो वर्षको धानको उत्पादकत्व पनि हालसम्मकै भन्दा उच्च ३.८२ पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । यो वर्ष देशभर कुल ५६ लाख २१ हजार ७१०मेट्रिकटन धान फलेको घिमिरेले बताए ।

यो वर्ष धान उत्पादन हुने क्षेत्रफल पनि १४ हजार ५ सय ५९ हेक्टरले बढेर १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर पुगेको पनि मन्त्रालयले जनाएको छ ।

धानको भकारी मानिने प्रदेश २ मा यो वर्ष सबैभन्दा धेरै १४ लाख ३२ हजार मेट्रिकटन धान फलेको छ । दोस्रो धेरै धान उत्पादन १ मा १२ लाख ७५ हजार मेटि्रकटन छ ।

यो वर्ष सबैभन्दा थोरै धान कर्णाली प्रदेशमा फलेको मन्त्रालयले जनाएको छ । उक्त प्रदेशमा १ लाख ३७ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

मल अभाव भएपनि कोरोनाका कारण सहरबाट फर्किनेहरु खेतीमा लाग्दा खेतीयोग्य क्षेत्रफल बढेको तथा समयमै मनसुन सुरु हुँदा धानको उत्पादनमा बृद्धि भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.श्रीराम घिमिरे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment