Comments Add Comment

अमिताभसँग फिल्ममा काम गर्दै रश्मिका

साउथकी सुपरस्टार नायिका रश्मिका मन्दनाले नायक सिद्धार्थ मल्होत्रासँग चलचित्र ‘मिसन मज्नु’मा काम गर्ने पक्का भैसकेको छ । यो चलचित्रबाट उनी बलिउडमा डेब्यू समेत गर्ने तयारीमा छिन् । नयाँ भाषाको चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित रहेको रश्मिकाले बताएकी छिन् ।

उनै, रश्मिका अब बलिउडका सुपरस्टार नायक अमिताभ बच्चनसँग पनि पर्दा शेयर गर्न तयार भएकी छिन् । अमिताभ र रश्मिकाले काम गर्ने नयाँ चलचित्रलाई विकास बालले निर्देशन गर्दैछन् । चलचित्रको नाम ‘डेड्ली’ रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रको छायांकन आउँदो बर्षको मार्च महिनाबाट सुरु हुनेछ । एकता कपुर र रिलायन्स इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र बन्दैछ । यो चलचित्र बाबु र छोरीको कथामा बन्ने बताइएको छ ।

चलचित्र ‘डियर कमरेड’ले युटुबमा चर्चा बटुलेपछि रश्मिकाको माग बलिउडमा पनि ह्वात्तै बढेको हो । उनी, अब सिंगो भारतका दर्शकलाई आफ्नो अभिनयले आकर्षित गर्ने धुनमा देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment