Comments Add Comment

ओली समूहको अखिल पनि १०९९ सदस्यीय

१४ पुस, काठमाडौं । नेकपा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले पनि केन्द्रीय कमिटी विस्तार गरेको छ । ऐन महर संयोजक रहेको यो समूहको अखिलले केन्द्रीय कमिटीको संख्या साविकको भन्दा तीन गुणा बढी बनाएको छ ।

एमाले र माओवादी एकीकरण भएपछि ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यसलाई बढाएर १०९९ सदस्यीय बनाइएको छ । यो कमिटीलाई महाधिवेशन आयोजक कमिटी भनिएको छ । तर, महाधिवेशनको मिति भने तय नभएको नेता समिक बडालले बताए ।

‘लामो समयसम्म नेतृत्व निर्माण रोकिएको थियो । त्यसैले यस्तो निर्णय लिनु परेको हो’, उनले भने । यो समूहको अखिलले पुस १९ मा उपत्यका भेला, पुस २२ मा सबै जिल्ला भेला र पुस २५ मा विश्वविद्यालय कमिटीको भेला गर्ने तयारी भएको बडालले बताए ।

ओली समूहको नेकपाले पनि पार्टी केन्द्रीय कमिटी ११९९ सदस्यीय बनाएको छ । पार्टी केन्द्रकै सिको गर्दै अखिलले पनि जम्बो कमिटी बनाएको हो ।

ओली समूहको अन्य जनवर्गीय संगठनहरुले भने साविकको कमिटी चलाएका छैनन् । राष्ट्रिय युवा संगठनका सहसंयोजक रमेश पौडेलले कमिटीको बैठक नबसेकाले यसबारे कमिटी विस्तार नगरिएको बताए ।

‘हामी प्रदेश भेलाहरुमा छौं, कमिटी विस्तारबारे निर्णय भएको छैन ।’ पौडेल नेतृत्वमा बागमती बाहेक सवै प्रदेशमा मोटरसाइकल प्रदर्शन र भेलाहरु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment