
१४ पुस, काठमाडौं । डिसहोमको इन्टरनेट सेवा ‘डिसहोम फाइबरनेट’मा ‘एकदाम दुई काम’ अफर सञ्चालनमा आएको छ । डिसहोम फाइबरनेट जडान गर्दा डिसहोम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिसहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ ।
निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बाषिर्क भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तीनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठलगायतका हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिसहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ ।
बिगत एक दशकभन्दा बढि समयदेखि डीटीएच सेवा प्रदान गर्दै आएको डिसहोम मिडिया नेटवर्क प्रा.लि.ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । कम्पनीले काठमाडौं उपत्यका बाहिर पनि यो सेवा विस्तारको तयारी गरेको छ ।
प्रतिक्रिया 4