Comments Add Comment

राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ को विजयी सुरुवात

१४ पुस, दाङ । राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको अर्धशतक अनी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा प्रदेश १ ले बागमतीलाई ४६ रनले पराजित गरेको हो ।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य पछ्याएको बागमतीले १६.४ ओभरमा सबै विकेट गुमाएर ६० रनमा अलआउट भयो । बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन् । यी दुई जना खेलाडी बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ ओभरमा १२ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । यस्तै एक ओभर बलिङ गरेकी अप्सरी बेगमले ३ रन मात्र खर्चेर २ विकेट लिइन् । सबनम राई , अलिशा खाडिया र निशा शाहले पनि १-१ विकेट लिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले रुविनाको अर्धशतक मद्दतमा २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन् । ५५ बलको सामना गरेकी उनले ६ चौकाको सहयोगमा ५५ रन बनाइन् । यस्तै अप्सरी बेगमले अवजित १६ रन योगदान गरिन् । निग्मा तामाङले ५ रनमा अविजित रहिन् ।

बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्य ,निग्मा तामाङ र कृष्मा गुरुङले १–१ विकेट लिइन् ।

अब प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा सुदूर पश्चिमले प्रदेश १ सँग दोस्रो खेलमा बागमतीले गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ बाट यसअघि नै विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment