Comments Add Comment

‘रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा तीन गुणा बढी’

फाइल तस्वीर

१४ पुस, काठमाडौं । रुसका उपप्रधानमन्त्री टाटियाना गोलिकोभाले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेका मृतकमध्ये ८० प्रतिशतको मृत्युका कारण कोरोना भाइरस (कोभिड–१९) रहेको बताएका छन् । रुसले सार्वजनिक गरेको कोरोनाको तथ्यांकमा विभिन्न आशंका उत्पन्न भइरहेको अवस्थामा उपप्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

रुसको तथ्यांक कार्यालयका अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरको बीचमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मृत्यु हुनेको संख्या दुई लाख ३० हजारले धेरै छ । यो तथ्यांक अनुसार यस वर्ष रुसमा कोरोना भाइरसको कारण एक लाख ८६ हजार मानिसको मृत्यु भएको छ । रुसको सरकारले भने अहिलेसम्म मुलुकमा कोरोनाको कारण ५५ हजारको मृत्यु भएको दाबी गर्दै आएको छ । रुसका उपप्रधानमन्त्रीले दिएको जानकारीअनुसारको कोरोनाबाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा तीन गुणा बढी हो ।

नयाँ तथ्यांक अनुसार अहिलेसम्म अमेरिका र ब्राजिलमा मात्र रुसमा भन्दा धेरै मानिसको कोरोनाबाट मृत्यु भएको छ । रुसले कोरोनाविरुद्धको आफ्नै खोप विकास गरेको छ । स्पुतनिक भी नामक उक्त खोपबाट रुसले कोरोना खोप कार्यक्रम सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment