Comments Add Comment

‘नेकपा एकताका लागि चीनले निरन्तर सहयोग गर्छ’

१५ पुस, काठमाडौं । चीनको युनान विश्वविद्यालयका प्रोफेसर युआन छुनले नेपालका राजनीतिक दलहरुको बारेमा अध्ययन र अनुसन्धान गरिरहेका छन् ।

उनले लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियालीरहेका छन् ।

यसै सन्दर्भमा अनलाइनखबरले उनीसँग नेकपाको विभाजन लगायतका विषयमा कुराकानी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई तपाईंले कसरी हेर्नु भएको छ ?

मे १७, २०१८ मा नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो । त्योसँगै नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ चरण शुरु भयो । नेपाली जनता पनि एकीकृत नेकपा र स्थिर सरकारको पक्षमा छन् । विभाजित नेकपा नेपाल र नेपालीको हितमा छैन । यसले नेपालमा राजनीतिक अस्थिरता फर्काउन सक्छ ।

चीनले नेकपालाई ‘ब्याकिङ’ गरिरहेको छ नि हैन ?

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादलाई मार्गदर्शक सिद्धान्त मानेका छन् । दुवै पार्टी साझा पृष्ठभूमि र पारस्परिक सम्मानका आधारमा एकापसबाट सिक्दै मतभिन्नताहरुलाई किनारा लगाउँदै नयाँ खालको राजनीतिक सम्बन्ध विकास गर्न चाहन्छन् ।

यसबाहेक, चिनियाँ कम्युनिष्ट पार्टी नेपालका सबै राजनीतिक दलसँग निकट सम्बन्ध बनाउन र सहकार्य गर्न चाहन्छ । दुई मुुलुक राम्रा छिमेकी र असल मित्र हुन् । जुन दल सरकारमा आए पनि चीन नेपालमा स्थिरता चाहन्छ र मित्रवत सम्बन्ध कायम राख्छ ।

नेपालका वामपन्थी दलहरुबीच एकता कायम गराउन चीनले कुनै भूमिका खेलेको छ ?

चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्णसमानता, पारस्परिक सम्मान र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको आधारमा नेकपालगायत सबै राजनीतिक दलसँग नजिकको सम्बन्ध बनाएको छ । नेपालका सबै दलसँग आदान–प्रदान गर्न तयार छ ।

नेकपा विभाजनमा विदेशी शक्तिहरुको हात छ भन्ने लाग्छ तपाईंलाई ?

चीन शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तअनुसार संसारका मुलुकहरुसँग मैत्री र सहकार्यमुलक सम्बन्ध राख्ने नीतिप्रति एकदमै दृढ छ । चीनले जहिल्यै नेपाललाई उसको स्वायत्तता, सार्वभौमसत्ताको रक्षाको लागि सहयोग गरिआएको छ । चीन नेपालको आन्तरिक मामिलामा वाह्य शक्तिहरुको हस्तक्षेपको विरुद्धमा छ ।

नेकपा विभाजित भएको अवस्थामा चीनको रणनीति कस्तो हुन सक्छ ?

२०१९ मा मैले नेपालमा कम्युनिष्ट पार्टीका मुख्य नेताहरुसँग भेटघाट गरेको थिएँ । त्यतिवेला उनीहरुले पार्टीभित्रको विभेदहरुलाई संवाद र परामर्शबाट समाधान गर्ने उत्कट चाहना व्यक्त गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका कम्युनिष्ट पार्टीहरुको एकतामा निरन्तर सहयोग गर्नुका साथै के कुरामा विश्वास गर्छ भने उनीहरुले राष्ट्रिय चासोलाई ध्यान दिनेछन् र मतभेदहरुलाई संवाद र परामर्शको आधारमा समाधान गर्नेछन् ।

यो पनि पढ्नुहोस फेरिएको चिनियाँ चासो, अपारदर्शी भेटघाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment