Comments Add Comment

त्रिभुवन आर्मी क्लबलाई एएफसी लाइसेन्स हस्तान्तरण

१५ पुस, काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी क्लब लाइसेन्स सर्टिफिकेट प्राप्त गरेको छ । एक साताअघि एएफसी लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब बनेको त्रिभुवन आर्मीलाई बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी लाइसेन्स सर्टिफेट प्रदान गरेको हो ।

बुधबार आयोजित एक कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आर्मीका प्रधानसेनापति पुर्ण चन्द्र थापालाई लाइसेन्सको सर्टिफिकेट हस्तानतरण गरे ।

एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीलाई गत साता एएफसी क्लब लाइसेन्स प्रदान गरिएको थियो ।

गत वर्ष शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मीले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि अब एएफसीको प्रतियोगिता खेल्ने अवसर पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment