Comments Add Comment

दर्शकको माया पाएरै भिडियो धेरै गरिरहेको छुः पल शाह

नायक पल शाहले दर्शकको माया पाएपछि आफ्नो जिन्दगीको पारा मिलेको बताएका छन् । आफू अभिनित ‘पारै मिलेन’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै पलले भने–‘जब मैले दर्शकको माया पाएँ, अनी मेरो जिन्दगीको पनि पारा मिल्यो । जहाँ पुग्दा पनि पलजी भनेर दर्शकले माया दिनुहुन्छ, फोटो खिचाउनुहुन्छ । गाह्रो परेको समयमा दर्शकको माया पनि पाएको छु । मेरो जिन्दगीको पारा मिलेको ३–४ बर्ष भयो ।’

पलले भिडियो धेरै गर्यो भन्ने आरोपबारे भने–‘धेरैले मलाई भिडियो धेरै गर्यो भन्नुहुन्छ । तर, ४ वटा गीत मेरो एक करोड भन्दा बढी भ्यूज पाउन सफल छन् । ५० लाख भन्दा बढी भ्यूज भएका गीतहरु पनि केही छन् । तर, मैले दर्शकको माया धेरै पाएको छु ।’

पलले सरकारले लकडाउनलाई लुज डाउनमा बदलेपछि आफूहरुले जोखिम नै मोलेर ‘ए है माया’ बोलको गीतमा काम गरेको र त्यसपछि माहोल तातेको बताए । दैनिक १० वटा म्यूजिक भिडियो बन्दा एउटा भिडियोमा आफूले काम गरेको र माहोल राम्रो बन्दा सबैले काम पाएको पलको तर्क छ ।

बुधबार सार्वजनिक गरिएको ‘पारै मिलेन’ बोलको गीतमा निशान भट्टराई र रचना रिमालको स्वर, डीपी खनालको शब्द, शंकर थापाको संगीत छ । भिडियोमा पल शाह, एलिस राई, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठको अभिनय छ । भिडियोमा विधान कार्कीको निर्देशन छ । माधव शर्मा एसोसियट डिरेक्टर रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment