Comments Add Comment

प्रदेश २ का प्रचण्ड निकट २ जना सांसद ओली समूहमा

१५ पुस, जनकपुरधाम । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।

प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद पनि ओली समूहमा लागेका हुन् ।

ओली समूहले बीरगंजमा आयोजना गरेको प्रदेश भेलामा निकट रहेका प्रदेश सांसद रामचन्द्र मण्डल र ज्वाला कुमारी साह पुगेर भाषण गरे ।

‘नेकपाले आयोजना गरेको भेलामा सहभागिता जनाएकी छु,’ बाराको क्षेत्र नम्बर ३ (क) बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित ज्वाला साहले भनिन्,’ प्रचण्डजीलाई धेरै सुझाव दिएकी थिएँ । तर, उहाँले एउटा पनि सुझावको पालना गर्नुभएन् । त्यहीँ भएर केपी ओलीजीतर्फ आएकी छु ।’

उनीसँगै ओली समूहको भेलामा देखापरेका तत्कालीन माओवादीका सांसद रामचन्द्र मण्डलले पनि प्रचण्ड सत्ता स्वार्थमा रुमलिएकाले ओलीतिर लागेको प्रतिकृया दिए ।
उनले तत्कालीन माओवादीका अन्य सांसदहरु पनि ओली समूहमै आउने दाबी गरे । र, त्यसका लागि छलफल भैरहेको ज्वाला र मण्डलले बताएका छन् ।

अब के होला समीकरण ?

प्रदेश २ मा तत्कालीन नेकपा एमालेका २१ र तत्कालीन माओवादीका ११ जना गरी प्रदेश सभामा नेकपाका ३२ सांसद छन् । यो सिट लिएर नेकपा प्रदेशको प्रमुख प्रतिपक्ष छ ।

तर नेकपा विभाजन भएसँगै प्रदेश सांसद ओहोरदोहोर गर्ने क्रम जारी छ । सांसद ज्वाला सिंहले भने झैं ६ जना सांसद केपी ओलीतिर जाँदा ओली समूहको सांसदको संख्या १९ पुग्नेछ ।

प्रचण्ड-माधव समूहको सांसदको संख्या १३ हुनेछ । यद्यपि नेताहरुले अझै ओहोरदोहोर गर्ने क्रम जारी भएकोले अहिले नै प्रदेश २ को समीकरण अनुमान गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment