Comments Add Comment

२०२० बार्सिलोनाका लागि सबैभन्दा खराब वर्ष

१६ पुस काठमाडौं । यस वर्ष धेरैका लागि भयानक रह्यो । तर  बार्सिलोनाको लागि यो २०२० विशेष गरी कडा भइसकेको छ किनकि क्याटलान क्लब एक पछि अर्को संकटमा फसिरहेको छ ।

मैदान अपमानदेखि प्रशिक्षकको विवाद र आर्थिक मुद्दाहरु धेरै विषय चर्चामा रहे । क्याटलान क्लबका लागि यस वर्ष किन कठिन रह्‍यो ?

यस्तो छ झलक-

जनवरी

स्पानयोलविरुद्धको क्याटलान डर्बीसँगै वर्षको सुरुवात भएको थियो । वु लेइको गोलपछि बार्सिलोनाले २-२ को बराबरी खेल्दै अंक गुमायो ।

स्पानिस सुपर कप सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि एरनेस्टो भेलभर्डलाई बर्खास्त गरियो । णस्कार ग्राउ र एरिक अबिदालले जाभी हर्नान्डेजलाई कतार पुगेर भेट गरे तर पूर्व कप्तानले ‘नो’ भनेपछि बार्सिलोनाले किके सेटिएनलाई नयाँ प्रशिक्षक बनायो । नयाँ कोचले सुस्त सुरुवात गरे । कोपा डेलमा पराजित भयो र ला लिगामा भ्यालेन्सियासँग पराजित भयो ।

फेब्रुअरी

फेब्रुअरी वर्षको छोटो महिना हो तर बार्सिलोनाको लागि यो लामो रह्यो र लिओनेल मेस्सी टेक्निकल सेक्रेटरी एरिक अबिडालविरुद्ध फायर भए । अबिडालले खेलाडीको आलोचना गरेपछि मेसी उनीमाथि खनिए ।

ओस्मान डेम्ब्लेलाई चोटले पनि बार्सिलोना शीर्षकमा छायो । त्यसपछि लेगानेसबाट मार्टिन व्रेथवेइटेलाई अनुबन्ध गर्‍यो ।

मैदानमा ला लिगामा नतिजामा सुधार भयो तर एथ्लेटिकोसँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरियो ।

मार्च

मार्चको पहिलो खेल एल क्लासिको थियो र बार्सिलोना सान्टियागो वर्नावेउमा रियल मड्रिडसँग २-० ले पराजित भयो । असिस्टेन्ट प्रशिक्षक एडर साराबियले साइडलाइनबाट बोलेपछि खराब कारणले भाइरल बने ।

रियल सोसिडाडविरुद्ध १-० को जितपछि कोरोना भाइरसको कारणले लकडाउन भयो र यसले बार्सिलोनालाई झन् असर गर्‍यो ।

अप्रिल

लकडाउनको महिनामा पनि बार्सिलोनाले अझै नाटक गर्‍यो र धेरै निर्देशकले उनीहरूको पदबाट राजीनामा दिए ।

मे

मे महिनाभर स्पेन अझै सेमीलकडाउनमा थियो तर ला लिगामा पुनरागमनका लागि तयारीहरु भइरहेको थियो ।

जुन

अन्तत: फुटबल मैदान फर्कियो र बार्सिलोनाले रियल मालोर्कालाई ४-० ले हराएर सुरुवात गर्‍यो । सेभिया, सेल्टा भिगो र एट्लेटिको मड्रिडसँगको बराबरीले बार्सिलोनाले अंक गुमायो र रियल मड्रिडलाई अघि जान अवसर दियो । रेफ्रीले रियललाई सपोर्ट गरेको भनेपछि जेरार्ड पिके विवादमा तानिएका थिए ।

जुलाई

१६ जुलाईमा ओसासुनासँग पराजित भएपछि बार्सिलोनाको उपाधि जित्ने आशा पूर्णरुपले कमजोर भयो । त्यही रात रियल मड्रिडले उपाधि पक्का गरेको थियो । त्यो समय च्याम्पियन्स लिगमा केन्द्रित हुने बेला थियो र त्यो पनि सुखद अन्त्य हुन सकेन ।

अगष्ट

च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान सुरक्षित गर्दै बार्सिलोनाले अगष्ट महिना सुरु गरेको थियो । नापोलीलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

त्यसपछि बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार व्यहोर्‍यो र जुन कहिल्यै बिर्सने छैन । यसले गर्दा किके सेटिएन बर्खास्तीमा परे । रोनाल्ड कोएमन प्रशिक्षक बनेर आए । महिनाको अन्त्यमा मेसीको ब्युरोप्याक्स बम्सेल भयो ।

सेप्टेम्बर  

अन्ततः मेसीले एक वर्ष बार्सिलोनामै बस्ने निर्णय गरे पनि सेप्टेम्बर बार्सिलोनाका लागि जटिल महिना रह्यो । समर ट्रान्सफर मार्केटमा अन्य धेरै खेलाडी बाहिरिए ।

भेट्रान खेलाडीहरुको तलब कटाउनका लागि उनीहरु फ्रि ट्रान्सफरमा अन्य क्लबमा गए ।

सेप्टेम्बर महिनाको अन्त्यमा बार्सिलोनाले भियारियाललाई ४-० ले पराजित गर्दै २०२०/२१ को सिजन सुरुवात गर्‍यो ।

अक्टोबर

अक्टोबरमा बार्सिलोना अवेमा गेटाफेसँग पराजित भयो । त्यसपछि घरेलु मैदानमा सिजनको पहिलो क्लासिकोमा पराजित भयो ।

पिच बाहिर समर्थकहरुले जोसेप मारिया बार्तामेउविरुद्ध अविश्वासको प्रस्ताव ल्याए र अध्यक्ष बार्तामेउले अन्तत: महिनाको अन्त्यमा राजीनामा दिए । त्यसपछि चुनाव अभियानका लागि अन्तरिम बोर्ड बन्यो ।

नोभेम्बर

पाँचमध्ये चार खेलमा जीत हात पारेको बार्सिलोना नोभेम्बर महिनामा एटलेटिको म्याड्रिडसँग पराजित भयो । तर चोटका कारण क्लबलाई समस्या भयो । जेरार्ड पिके र सर्जी रोवर्टो अंशु फातीसँगै लामो समय मैदान बाहिर रहे ।

डिसेम्बर

वर्षको अन्तिम महिनाको सुरुवातमा बार्सिलोना काडिज र युभेन्ट्ससँग पराजित भयो । यसको अर्थ ला लिगामा बार्सिलोना अझै पछि पर्‍यो र च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना दोस्रो भयो । च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाको भेट पेरिस सेन्ट जर्मेनसँग तय भयो ।

क्याटलान क्लब घरेलु मैदानमै भ्यालेन्सिया र आइबरसँग बराबरीमा रोकियो । यसको अर्थ बार्सिलोना २०२० को समाप्तीमा ला लिगाको अंक तालिकामा शीर्ष चारभन्दा बाहिर रह्यो ।

-मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment