Comments Add Comment

‘चिसाप’ पुरस्कार घोषणा

चितवन साहित्य परिषद (चिसाप)ले स्थापना गरेका विभिन्न तीनवटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ ।

परिषद्ले ‘चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार २०७७’का लागि आख्यानकार प्राज्ञ माया ठकुरीलाई चयन गरेको छ भने ‘चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७७’का लागि आख्यानकार मीनराज वसन्त तथा ‘चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार’ आख्यानकार नानी बिभुलाई प्रदान गरिने जनाएको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आज बसेको बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोस’ उपन्यासका लागि उक्त पुरस्कारहरू प्रदान गरिने भएको हो ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औं जन्म जयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरि पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । उल्लेखित सबै पुरस्कारहरूको राशि जनही १५ हजार पैंतालीस र सम्मानपत्र रहेको परिषदका सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment