Comments Add Comment

‘फुलबुट्टे सारी’को चाइल्ड भर्सन सार्वजनिक

‘फुलबुट्टे सारी’ बोलको गीतले एक करोड बढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ । यो गीतका निर्माताले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजबाबु श्रेष्ठलाई सम्मान गरेको हो ।

सम्मानित भएका कलाकार मदनकृष्ण श्रेष्ठले हिजोआज हरेक वर्गका मानिसहरुको मुखमा फुलबुट्टे सारी झुण्डिएको भन्दै गीतको प्रशंसा गरे । कोरोना महामारीको विचमा सार्वजनिक भएको गीतले सांगीतिक क्षेत्रलाई नै चलायमान बनाएको श्रेष्ठको तर्क थियो ।

यो गीतको पुरुष भर्सनमा मार्मिक लामा र महिला भर्सनमा मिलन नेवारको स्वर छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । महिला र पुरुष भर्सनका गीतको भिडियोलाई राजेश पुमा राइले निर्देशन गरोक हुन् ।

महिला स्वरमा समावेश ‘फुलबुट्टे सारी’को भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तलाई फिचरिङ गरिएको छ । यस्तै, पुरुष स्वरमा समावेश गीतको भिडियोमा सोना लिम्बु र आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ ।

महिला र पुरुष भर्सनमा गीत हिट भएपछि अब यसको चाइल्ड भर्सन पनि सार्वजनिक भएको छ । बुधबार आयोजित कार्यक्रममा गीतको चाइल्ड भर्सन पनि सार्वजनिक गरिएको थियो । जसमा अरिष्मा सिवाकोटीको स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment