Comments Add Comment

कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

१६ पुस, काठमाडौं । कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता भएको छ । बैंक र बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकलाई विशेष छुटको सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

यस सहकार्य अन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंक लि. का डेबिट/क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र फ्रेन्च बकेरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरे ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment