Comments Add Comment

अक्सफोर्डको कोरोना खोपलाई भारतमा अनुमतिको सिफारिस

१७ पुस, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले भारतमा आपतकालीन प्रयोगको लागि विज्ञहरुले अनुमति दिन सिफारिस गरेका छन् । भारतका खोप विशेषज्ञहरुको टोलीले अक्सफोर्डको कोरोना खोपलाई भारतमा ससर्त आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफारिस गरेका हुन् । यो खोपको विषयमा अन्तिम निर्णय भने भारतको खोप नियामक डीसीजीआईले गर्नेछ ।

भारतमा अक्सफोर्डको खोप निर्माणको जिम्मा सेरम इन्स्टिच्युटले पाएको छ । शुक्रबार बसेको विज्ञहरुको बैठकले भारत बायोटेक र फाइजरको कोरोना खोपलाई भने थप अध्ययन आवश्यक रहेको भन्दै तत्काल प्रयोगका लागि सिफारिस गरेको छैन । भारतले सबै प्रान्तमा कोरोना खोप कार्यक्रमको पूर्वाभ्यास सुरु गर्न गइरहेको अवस्थामा विज्ञहरुको टोलीले अक्सफोर्डको खोपलाई आपतकालीन प्रयोगको रुपमा अनुमति दिन सिफारिस गरेका हुन् ।

त्यसका साथै भारतको सरकारले कम्पनीहरुलाई कोरोना खोप आयात तथा निर्यातको अनुमति पनि दिएको छ । खोपको वितरणलाई तीव्रता दिन भारतले कुनै सीमा नतोकी खोप आयात तथा निर्यातको लागि अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment