
१८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ए-१बी, गि्रन कार्ड र आप्रवासी कामदार भिसामा लगाइएको रोकलाई तीन महिना थप गरेका छन् ।
नयाँ नियम अनुसार सो वर्गमा निवेदन दिनेहरुले आगामी मार्च २१ सम्म अमेरिका प्रवेशका लागि भिसा पाउने छैनन् । विगत एक वर्षदेखि ट्रम्पले पटकपटक म्याद थप गरी सो भिसामा रोक लगाएका छन् ।
यस अगाडि उनले अमेरिकी श्रम वजारको रक्षा र कोभिड-१९ को महामारीको कारण देखाएर भिसामा रोक लगाएका थिए । पछिल्लो पटक उनले लगाएको रोक डिसेम्बर ३१ मा सकिँदै थियो ।
तर त्यस भन्दा एक दिन अगाडि नै उनले आप्रवासी भिसामा लगाइएको रोक तीन महिना थपेका हुन् ।
ट्रम्पको सो आदेशका कारण डिभी परेका केही नेपालीहरु समेत अमेरिका जान पाएका छैनन् । उनीहरुको अन्तवार्ता रोकिएको छ ।
राष्ट्रपतिमा निर्वाचित जो बाइडनले भने ट्रम्पको सो नीतिको विरोध गरिरहेका छन् । त्यसैले उनले कार्यभार सम्हालेपछि यो अवरोध हट्न सक्छ ।f
प्रतिक्रिया 4