+
+
Shares

अविश्वासको प्रस्ताव आए सामना गर्छु : मुख्यमन्त्री गुरुङ

रासस रासस
२०७७ पुष १८ गते २०:२०

१८ पुस, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् ।

नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको बताए । प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए ।

साविकका माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरिएको मुख्यमन्त्री गुरुङले बताए ।

तर अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?