Comments Add Comment

‘कर्णाली उत्सव’को दोश्रो संस्करण फागुन अन्तिम साता

१९ पुस, सुर्खेत । फागुन अन्तिम सातादेखि ‘कर्णाली उत्सव’को दोश्रो संस्करण सञ्चालन हुने भएको छ । फागुन २७, २८ र २९ गते तीन दिनसम्म कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आयोजना हुने उत्सवमामा ‘कुडा कर्नालीका’ गरिने छ ।

उत्सवमा देशभरबाट ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुको सहभागितामा कर्णालीको इतिहास, राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, सांस्कृतिक र ऐतिहासिक पहिचान लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए ।

संयोजक लम्सालका अनुसार उत्सवमा यहाँको आर्थिक अवसरहरुको खोजी गर्नु, कर्णालीको जनजीवन, इलम र सीपको चर्चा गर्नु, कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु नै उत्सवका उद्देश्य हरेको छ ।

ऋति फाउण्डेसनले आयोजना गर्दै आएको उत्सवमा विशेषगरी सरोकारवालासँगको बहसलाई प्राथमिकतता दिइएको छ । बहसमार्फत नै कर्णालीको पहिचान गराइने आयोजकले बताएको छ ।

फागुन अन्तिम साता देशकै ध्यान कर्णालीमा केन्द्रित गर्ने गरि दोश्रो संस्करण तयारी भइरहेको उत्सवका संस्थापक दिनेश गौतमले बताए । ‘उत्सवले कर्णालीको वास्तविकतालाई बाहिर ल्याउनुका साथै देशकै ध्यान कर्णालीमा तान्ने छ । सोही अनुसार तयारी थालेका छौं,’ गौतमले भने ।

२०७६ फागुनबाट सुरु भएको ‘कर्णाली उत्सव’ हरेक वर्ष आयोजना गरिने आयोजकले जनाएको छ । ‘कर्णाली उत्सव विचारको कुम्भ मेला हो । उत्सवमा कर्णालीको पहिचान र सम्भावना केलाइन्छ,’ उत्सवका संयोजक लम्सालले भने, ‘हामी यो प्रत्येक वर्ष गछौं । उत्सव मार्फत समस्याको समाधान खोज्छौै र सरकारलाई जनताप्रति जवाफदेही बनाउने प्रयास गछौं ।’

उत्सवको दोश्रो संस्करणमा थप आकर्षणका केही प्रस्तुतिहरु समेत थप्ने आयोजकले जनाएको छ । जसमा कर्णालीका मौलिक कलाहरुको प्रस्तुति तथा नदेखिएका र नसुनिएका हिरोहरुका कथा पनि रहनेछन् । उत्सवस्थलमा कर्णालीको बृहद् चिनारी झल्काउने सांकेतिक चिन्हहरु पनि रहनेछ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै भौतिक दुरीको पालनासहित सकेसम्म धेरै दर्शकको प्रत्यक्ष सहभागिता गराउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment