Comments Add Comment

पाकिस्तानमा सिया समुदायका ११ मजदुरको गोली हानी हत्या

१९ पुस, काठङ्गाडौं । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात हतियारधारीले कोइला खानीमा काम गर्ने कम्तीमा ११ मजदुरको अपहरण गरी हत्या गरेका छन् । प्रहरीका अनुसार खानीमा काम गर्ने मजदुरहरु आफ्नो काममा गइरहेका थियो । काममा जाँदै गर्दा केही हतियारधारीले उनीहरुको अपहरण गरेका थिए । अपहरण गरी एक पहाडी क्षेत्रमा लगेर उनीहरुको हत्या गरेका थिए ।

द एक्सप्रेस ट्रिब्युनका अनुसार यो घटना बलुचिस्तानको माछ क्षेत्रको हो । यो घटनापछि उक्त क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले ५ मजदुरको घटनास्थलमा नै मृत्यु भएको थियो भने बाँकी पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार हत्या गरिएका मजदुरहरु सिया समुदायका मानिसहरु थिए ।

बलुचिस्तानका शीर्ष अधिकारीले मृतकहरुको पहिचान गरिएको बताएका छन् । बलुचिस्तानको उक्त क्षेत्रमा केही चरमपन्थी राष्ट्रवादी गुट सक्रिय छ । तर, अहिलेसम्म कुनै पनि संगठनले यो घटनाको जिम्मेवारी लिएको छैन ।

बलुचिस्तानका मुख्यमन्त्री जाम कमालले यो घटनाको निन्दा गर्दै प्रहरीले यस विषयमा अनुसन्धानको आदेश दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो आतंकवादी घटना भएको बताएका छन् । उनले योभन्दा अमानवीय घटना नभएको बताएका छन् । गत महिना सोही प्रान्तमा हतियारधारीले सात सैनिकको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment