Comments Add Comment

प्रचण्ड-माधव समूहले प्रमुख सचेतकबाट राजभण्डारीलाई हटायो

सचेतकको जिम्मेवारी राईलाई

१९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समूहले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई संसदीय दलको नेताबाट हटाएको छ ।

आइतबार बसेको प्रचण्ड– माधव समूहको संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको हो । राजभण्डारी ओली समूहका नेता हुन् ।

४० जना प्रदेशसभा सदस्यको उपस्थितमा बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिइएको नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले बताए ।

‘प्रमुख सचेतकलाई हटाएर सबै जिम्मेवारी सचेतकलाई दिने निर्णय भएको छ,’ उनले भने, ‘ संसदको कार्यव्यवस्था समितिमा प्रतिनिधित्व गर्ने सदस्य पनि परिवर्तन गरेका छौं ।’

यस अघि राजभण्डारी र इन्द्रमणी पराजुली समितिमा प्रतिनिधित्व गर्थे । आइतबारको बैठकले संसदको कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्नका लागि प्रदेश सांसद लिलाबल्लब अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment