Comments Add Comment

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

फाइल तस्वीर

२० पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् ।

सोमबारको बैठकमा सांगठनिकलगायतका विषयलाई अन्तिम रुप दिन गठन हुने कार्यदल सदस्यहरुको बारेमा छलफल हुने बताइएको छ । आइतबारको बैठकमा अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेस भएको थियो । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्ने बताइएको छ ।

‘कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा भने आज बस्ने बैठकले आवश्यक निर्णय गर्ने भनिएको छ,’ एक जना स्थायी कमिटी सदस्यले भने ।

आइतबार बसेको बसेको स्थायी कमिटीको बैठकले सांगठनिक विषय, नेताहरुको कार्यविभाजन लगायतका विषय टुंगो लगाउन कार्यदल बनाउन प्रस्ताव गरिएको थियो ।

प्रवक्ता श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment