Comments Add Comment

युद्धको तयारीका लागि चीनले गर्‍यो रक्षा नियम संशोधन

२० पुस, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको राष्ट्रिय सुरक्षा नियममा परिवर्तनको आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै चीनको सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी)लाई राष्ट्रिय हितको रक्षा गर्न सेना परिचालन गर्न थप धेरै अधिकार हुनेछ । राष्ट्रपति सी सीएमसीका प्रमुख हुन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार परिवर्तन गरिएको नियम युद्धको तयारी र क्षमता बढाउने विषयमा केन्द्रित छ । नयाँ नियमका अनुसार जब मुलुकको सम्प्रभुता, एकता, क्षेत्रीय अखण्डता, सुरक्षा वा विकासमा खतरा उत्पन्न हुन्छ, त्यतिबेला सीएमसीले राष्ट्रिय र स्थानीय स्तरमा सेना परिचालन गर्न सक्नेछ ।

नयाँ नियमअनुसार चीनको आर्थिक हितको विषयमा विदेशमा पनि सम्पत्तिको सुरक्षा गर्न सकिनेछ । यसको अर्थ चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रममा आउने सम्पत्तिको सुरक्षाको लागि पनि सेना परिचालन गर्न सक्नेछ । रक्षा नियममा गरिएको यो संशोधनले चिनियाँ सेनाको दायर भौगोलिक सीमा, समुद्री सीमा र वायुक्षेत्रभन्दा बाहिर इलेक्ट्रोम्याग्नेटिक सञ्जाल र बाहिरी अन्तरिक्षसम्म बढाउनेछ ।

यो नियममा परिवर्तन गर्नुको उद्देश्य सेनाको आधुनिकीकरणको गति बढाउनु हो । सन् २०१६ मा राष्ट्रपति जिनपिङले सेनामा सुधार गर्दै सेनाको विभिन्न विभाग सीएमसीको प्रत्यक्ष नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment