Comments Add Comment

पुष्प भन्छन्–‘कृष्णलीला’मा दर्शकले मेरो काम नोटिस गर्नुहुन्छ’

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्णलीला’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ४४ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रको छायांकन झापा, इलाम र कोशी ब्यारेजमा गरिएको छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्रीको साथमा वुद्दि तामाङ, रविनद्र झा लगायतका कलाकारको अभिनय छ । रोहित कट्टेल, रत्न तामाङ, प्रकाश कार्की र केवल तामाङ चलचित्रका लगानीकर्ता हुन् । चलचित्रको बिषयमा नायक पुष्प खड्का भन्छन्–‘चलचित्रको कथावस्तु निकै नै राम्रो छ । दर्शकले यो चलचित्रमा मेरो कामको नोटिस गर्नुहुन्छ भन्ने आशा छ ।’

पुष्पले करिब ४० दिन दिन–रात नभनी काम गरेको बताए । चलचित्र ‘मनसँग मन’को छायांकनमा भेटिएका पुष्पले भने–‘यो चलचित्रका लागि हामीले निकै मिहिनेत गरेका छौ । पानी, घाम केही नभनी काम गरेका छौं । दर्शकले चलचित्र र मेरो कामलाई रुचाउनुहुन्छ भन्ने आशा छ ।’

यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment