+
+

चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १४:१३

२० पुस, काठमाडौं । अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । पछिल्लो दुई महिनादेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । सन् २०२० को अक्टोबरमा विवादास्पद अभिव्यक्ति दिएयता ज्याक मा सार्वजनिक भएका छैनन् ।

ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा अनुपस्थित भएसँगै उनी हराएको आशंका गरिएको हो । उक्त शोमा उनलाई निर्णायक मण्डलको रुपमा छानिएको थियो । तर, उनी अनुपस्थित भएपछि उनको स्थानमा अलिबाबाका कार्यकारी लुकी पेङलाई राखिएको थियो । ज्याक माको फोटो ट्यालेन्ट सोको निर्णायक प्यानलबाट पनि हटाइएको बेलायती समाचार संस्था टेलिग्राफले बताएको छ ।

साथै सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय रहने ज्याक माले गत अक्टोबर १० यता कुनै पनि ट्वीट गरेका छैनन् ।

फाइनान्सियल टाइम्सका अनुसार अलिबाबाका प्रवक्ताले उक्त कार्यक्रमको समय नमिल्दा ज्याक मा निर्णायकको रुपमा उक्त कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् । गत अक्टोबर २४ मा ज्याक माले वित्तीय नियामक र सरकारी बैंकहरुलाई कठपुतलीको पसलजस्तो भएको भन्दै आलोचना गरेका थिए । उनले चिनियाँ बैंकिङ नियमन प्रणाली पुराना मानिसहरुको क्लबजस्तो भएको भन्दै यसमा सुधार हुनुपर्ने बताएका थिए ।

ब्लूमवर्गका अनुसार क्रिसमसको अघिल्लो दिन ज्याक माको एन्ट कम्पनीबारे अनुसन्धान सुरु भएसँगै ज्याक मालाई चीन नछाड्न निर्देशन दिइएको थियो । यसअघि नियामकहरुले एन्ट कम्पनीले ल्याउन लागेको विश्वकै सबैभन्दा ठूलो आईपीओ रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?