
२० पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले सकेसम्म छिटो कोभिड–१९ को नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको बताएका छन् ।
भारतीय मिडिया डब्लुआइएनलाई दिएको एक अन्तर्वार्तामा राजदूत आचार्यले भनेका छन्, ‘हामीले भारतको आश्वासन पाएका छौं र नेपालका आवश्यकताहरु पूरा गर्न भारतमा उत्पादन हुने खोपको छिटो उपलब्धताको अपेक्षा गरेका छौँ ।’
भारत सरकारले बायोटेक र अक्सफोर्ड युनिभर्सिटीको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । तर भारत सरकारले अक्सफोर्डको खोप निर्यातमा भने रोक लगाएको छ । त्यसकारण भारतमा उत्पादन हुने खोप नेपालमा आउनेमा आशंकाहरु रहेका छन् । सरकारले भारतबाट खोप खरिद गर्नका लागि औपचारिक प्रक्रिया अगाडि बढाएको छ ।
आचार्यले भनेका छन्, ‘म भारत र यहाँका वैज्ञानिकहरुलाई उनीहरुको उपलब्धीको लागि बधाइ दिन चाहान्छु, जसले हामी सबैका लागि सर्वसुलभ र उपयुक्त खोपको विकास गरेका छन् ।’
राजदूत आचार्यले परराष्ट्रमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको समेत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हामी परराष्ट्रमन्त्रीको भ्रमणको तयारी गरिरहेका छौँ, यसले हाम्रो सम्बन्धलाई अझ सुदृढ बनाउने छ ।’
प्रतिक्रिया 4