+
+
Shares

खुकुरी म्युजिक नेशनको शीर्ष १६ प्रतियोगी छनोट

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १९:३४

खुकुरी म्युजिक नेशनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल सांगीतिक प्रतियोगिता शुरुवात् गरेको छ । यो भर्चुअल प्रतियोगिताले नेपाली संगीतका उदयमान प्रतिभाहरुलाई आफू स्वयम् र उनीहरुका प्रियजनहरुको समेत स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै आफ्नै घरबाट आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

प्रतियोगितामा सहभागीता जनाउन आवेदन दिएकाहरु मध्येबाट शीर्ष १६ मा स्थान जमाउन सफल भएका प्रतियोगीहरुको नाम गत जनवरी १ तारिखमा खुकुरीको आधिकारिक युट्युब च्यानल र डिस होममा प्रदर्शित भव्य एवं बृहत्तर अन लाइन् कन्सर्टको दौरानमा सार्वजनिक गरिएको थियो ।

घोषित शिर्ष १६ प्रतियोगीहरु ऋनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुषाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ्ग, सागर राई, सन्तोष घले, उमित श्रेष्ठ, सबिन मगर, राजु गुरुङ्ग, दर्शिका रेग्मी, कुसुम गिरी, अशिम थापा, र जिग्मे बाङचुक रहेका छन् । प्रतियोगिताको लागि नेपालभित्र रहेका र नेपालबाहिर बसेका नेपालीहरुले सहभागीता जनाएका थिए ।

शिर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राई सहितको निर्णायक मण्डलले गरेको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले प्रतियोगिताको लागिउनीहरुको आफ्नो सांगीतिक कभर भिडियो आधिकारिक वेबसाइट खुकुरी म्युजिकडटकम माअपलोड/सम्मिलित गराएका थिए

प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागिभोट गर्न सक्नेछन् । आफ्नो मनपर्ने प्रियकलाकारलाई प्रशंसकहरुले खुकुरीम्युजिकडटकम मा गएर भोट गर्न सक्नेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?