+
+
Shares

सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

रासस  रासस 
२०७७ पुष २१ गते ९:०४

२१ पुस, रा जविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?