Comments Add Comment

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान अवतरण ठप्प छ । अन्य विमानस्थलमा भने उडान-अवतरण भइरहेको छ ।

काठमाडौं विमानस्थलमा भने सोमबार र मंगलबार साविकमा जस्तै उडान अवतरण भएको उनले जानकारी दिए । काठमाडौंमा सामान्यतया १ हजार मिटरसम्म भिजिबिलिटी भए उडान-अवतरण हुन्छ ।

मंगलबार ४ हजार मिटरसम्मको भिजिविलिटी रहेका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान-अवतरण भने कुनै समस्या नपरेको कर्णले जानकारी दिए । अन्तर्राष्ट्रिय उडान समेत भइरहेको उनले बताए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार हङकङबाट नेपाल एयरलाइन्स, दोहाबाट कतार एयरवेज, दुबईबाट नेपाल एयरलाइन्स, दिल्लीबाट एयर इण्डिया, दमामबाट हिमालय एयरलाइन्स र दोहाबाट आएको नेपाल एयरलाइन्सका जहाज अवतरण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment